तार चुडिएर करेन्ट लाग्दा वृद्धाको मृत्यु

तार चुडिएर करेन्ट लाग्दा वृद्धाको मृत्यु

काठमाडौं । रौतहटमा ३३ केभी प्रसारण लाइनको तार चुडिएर करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर जिल्लाको गौर–४ की ७० वर्षीया शान्ती देवी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बिहान चिया खान पसलमा गएकी वृद्धा बाटो काट्ने क्रममा करेन्टको चपेटामा परेकी थिइन् । सोही स्थानमा करेन्ट लागेर दुई साँढेको समेत ज्यान गएको छ ।

गौर–चन्द्रपुर जोड्ने मुख्य सडक नजिकै उच्च भोल्टेजको करेन्ट प्रवाह भइरहेको तार चुडिएर सडकमा खसेको थियो । स्थानीयवासीका अनुसार उनीहरुले नेपाल विद्युत प्राधिकरणको गौर शाखा र सबगढामा रहेको सबस्टेशनमा समेत फोन गरेर जानकारी दिन खोजेका थिए ।

पटक–पटक फोन गर्दा पनि दुवै कार्यालयको फोन कसैले नउठाउँदा महिलालाई करेन्ट लागेर ज्यान गएको स्थानीयले बताएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार