विद्यालयमा साढे चारलाख अनियमितता

विद्यालयमा साढे चारलाख अनियमितता

कैलालीको भजनी नगरपालिका ४ खैलाडस्थित राष्ट्रिय उच्च माविमा कम्प्युटर खरिदमा चार लाख २० हजार २६ रुपैयाँको आर्थिक अनियमितता भएको छ  । विद्यालयलाई भनि एक वर्ष अघि खरिद भएको ६ वटा कम्प्युटर, एउटा ल्यापटप, फोटोकपी मेसिन, एउटा प्रोजेक्टर र एउटा इन्भटर गरी ६ लाखको सामान विद्यालयमा भने नआएको प्रधानाध्यापक सुरेश कठरियाले बताए ।

‘सामान खरिदको भुक्तानी देखिन्छ,’ उनले भने, ‘विद्यालयमा सामान भने छैन ।’ कठरियाले विद्यालयका पुर्व प्रधानाध्यापक र लेखापालले आर्थिक चलखेल गरेको आरोप लगाए ।

विद्यालयले टीकापुरस्थित एभरेष्ट  कम्प्युटर  सेल्स एण्ड सप्लायर्सबाट १० साउन २०७५ मा उक्त सामान खरिद गरेको विल विद्यालयमा पेश भएको छ  । विद्यालयमा हाल नयाँ र पुरानो गरि चार वटा मात्र कम्प्युटर छ । अन्य सामानको खोजी गर्दा पूर्व प्रधानाध्यापक बाला सिंह खत्रीले एक थान कम्प्युटर र प्लस टु संयोजक मथुरा चौधरीले प्रोजेक्टर घरमा प्रयोग गरिरहेको भेट्टिएको कठरियाले बताए । ‘म यही १३ जेठदेखि विद्यालय हाजिर भएँ,’ उनले भने, ‘ विद्यालयको खाता हेर्दा सबै ठाँउमा आर्थिक अनियमितता देखिन्छ । वक्यौता र पेश्की बेरुजु देखिन्छ । कुनै काम नीति र प्रक्रियागत भएको छैन् ।’

विद्यालयलको अहिले सम्म २२ लाख १४ हजार पाँच सय ८९ रुपैयाँ वक्यौता र ११ लाख ६५ हजार दुई सय पेश्की अशुली गर्न बाँकी रहेको छ  ।

मिलोमतोमा आर्थिक अनियमितता
विद्यालयका पूर्व प्रअ बालासिंह खत्री र पुर्व लेखापाल जगदिश कुमार महतोको मिलमतोमा भ्रष्टचार भएको स्थानीयको आरोप छ । पूर्व प्रअले लेखापालसँग मिलेर पेश्की भन्दै रकम निकासा गरेको शिक्षक बाधुराम चौधरीले बताए ।

छानविन समिति गठन 
विद्यालयमा व्यापक आर्थिक अनियमितता देखिएपछि मोति लाल विकको संयोजकत्वमा तीन सदस्यीय छानविन  समिति गठन भएको छ ।  समितिले लेखा परीक्षणको विस्तृत अध्ययन गरि असोज मसान्तसम्म प्रतिवेदन पेश गर्ने छ  । पूर्व प्रअ खत्रीले नयाँ प्रअलाई अहिलेसम्म बरबुझारथ गरेका छैनन् । विद्यालयको सम्पुर्ण कागजपत्र नियन्त्रणमा लिएर अध्ययन थालेको संयोजक विकले बताए । नयाँ पत्रिका दैनिक

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार