पृथ्वी राजमार्ग : आँबुखैरेनी सडकखण्ड एकतर्फी सञ्चालन

पृथ्वी राजमार्ग : आँबुखैरेनी सडकखण्ड एकतर्फी सञ्चालन

फाईल फोटो

काठमाडौँ । पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरो झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरो खसेको करिब एक घण्टा पछि राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

यस्तै राजमार्ग दुईतर्फी बनाउन पहिरो पन्छ्याउने काम पनि भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार