मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव

मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव

फाईल फोटो

काठमाडौँ । लामाे समय बेनी–जोमसोम सडक पहिरोका कारण अवरुद्ध भएपछि मुस्ताङमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

मनसुन सुरु भएसँगै अनियमित भएको पेट्रोलियम पदार्थको ढुवानी गत असार २७ गतेदेखी बेनी–जोमसोम सडकको गलेश्वर–घाँसा खण्डको दर्जनबढी स्थानमा बाढी पहिरोले यातायात अवरुद्ध भएपछि मुस्ताङमा एलपी ग्याँस र पेट्रोलियम पदार्थ ढुवानी ठप्प हो ।

ढुवानी रोकिए पछि खाद्यान्नमा मुल्य बृद्धि भएको छ । अहिले २२ सय पर्ने चामलको मुल्य बढेर ३५ सय पुगेको उपभोक्ताको भनाई छ । मुस्ताङमा नेपाल आयल निगमको डिलर ९पम्प० नभएकोले ब्यवसायीले बेनी र पोखराबाट डिजेल, पेट्रोल ढुवानी गरेर बेच्ने गरेका छन् ।

अहिले सडक मर्मत गर्न डोजर चलाउने इन्धनपनि समस्या भएको छ । प्रमुख जिल्ला अधिकारी वेदनाथ अर्यालले असारे विकासले पेट्रोलियम पदार्थका अभाव भएको बताएका छन।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार