कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौँ । वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान बजे मृत्यु भएको थियो । शुक्रबार राति पोजेटिभ रिपोर्ट आएको छ ।

शुक्रबार भएको भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार