हुम्लाका पत्रकार रोकायाको निधन

हुम्लाका पत्रकार रोकायाको निधन

काठमाडौँ । नेपाल पत्रकार महासंघ हुम्लाका संस्थापक अध्यक्ष जय बहादुर रोेकायाको निधन भएको छ । लामो समय सम्म हुम्ला जिल्ल्लामा रहेर पत्रकारिता गर्दै आएका पत्रकार रोकायाको शनिबार दिउँसो निधन भएको छ । लामाे समय कान्तिपुर मिडिया ग्रुपसंग आबद्ध रहेका ६६ वर्षीय रोकायाको पक्षघातको कारण मृत्यु भएको हो ।

एक साताअघि एक्कासि पक्षघात भएपछि उनी सिमकोट गाउँपालिका– ५ स्थित आफ्नै घरमा उपचाररत थिए । दुई पटक नेपाल पत्रकार महासंघ हुम्लाको अध्यक्ष, एक पटक महासंघको केन्द्रिय सदस्य भएका रोकाया हुम्ला उद्योग बाणिज्य संघ हुम्लाका समेत संस्थापक अध्यक्ष पनि हुन् । रोकायाका श्रीमतीसहित ४ छोरा र १ छोरी छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार