काठमाडौंमा टेम्पो चालकलाई कोरोना पुष्टि

काठमाडौंमा टेम्पो चालकलाई कोरोना पुष्टि

काठमाडौं । काठमाडौंमा अन्दाजी ४७ वर्षका एक टेम्पो चालकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी चार दिन अगाडि मात्र उनी सुदूरपश्चिमबाट काठमाडौं आइपुगेका थिए । त्यसक्रममा नागढुंगा नाकामा  स्वाब संकलन गरिएको थियो । त्यसपछि कोठामा पुगेका उनले लगातार तीन दिन शंमखुल रुटमा टेम्पो चलाए ।

शनिबार उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएको खबर आउँदा उनी ट्याम्पो चार्जिङ स्टेशनमा थिए । प्रहरी र सुरक्षाकर्मीको टोलीले उनलाई त्यहीँबाट आइसोलेसन सेन्टरमा राखिएको छ । स्रोतका अनुसार उनी शंखमुल-बानेश्वर-अनामनगर-रत्नपार्क रुटको ट्याम्पो चलाउँथे।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार