सोमबार काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना पुष्टि

सोमबार काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४३, ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

केन्द्रीय प्रयोगशाला टेकु, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी कोरोना अस्पताल, स्टार अस्पताल लगायतका स्थानमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। योसँगै काठमाडौंमा ४ सय ९३, ललितपुरमा १ सय ८ र भक्तपुरमा ६४ व्यक्तिमा कोरोना संक्रमण भएको छ।

संक्रमितहरु कुन ठाउँका हुन् भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुलाएको छैन । यस्तै मन्त्रालयका अनुसार सोमबार देशभरमा ४ सय १८ जना संक्रमित थपिएका छन् भने ३५८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार