दाङमा करेन्टको धरापमा परेर दाजुभाइको मृत्यु , बुबा गम्भीर घाइते

दाङमा करेन्टको धरापमा परेर दाजुभाइको मृत्यु , बुबा गम्भीर घाइते

काठमाडौँ । जंगली जनावर मार्नका लागि धापिएको विद्युतीय धरापमा परि दाङमा दुई दाजु भाईको मृत्यु भएको छ । घोराही उपमहानगरपाालिका–१ हर्नकका दिलबहादुर रावतले मकै बारीमा थापेको विद्युतीय धरापमा परि सोमबार उनका दुई छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मकै बारीमा थापिएको करेन्ट लागेर दिलबहादुरका १४ वर्षीय छोरा बिरबल रावत र १० वर्षीय छोरा तेजबहादुर रावतको मृत्यु भएको हो । उनीहरू मकै लिनका लागि भन्दै बारीमा पसेका बेला बारीमा थापिएको करेन्ट लागेको प्रहरीले जनाएको छ । यसैगरि दिलबहादुर पनि करेन्ट लागेर घाईते भएका छन् ।

मकै बारीमा दुई छोराहरू करेन्ट लागेर कराएपछि छुटाउन गएका बाबु दिलबहादुरलाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाईते भएका दिलबहादुरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

दिलबहादुरले बारीमा लगाएको मकै जंगली जनावरले खाएर क्षेती पुर्याएको भन्दै जंगली जनावर मार्न बारीमा विद्युतीय धराप थापेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार