वीरबहादुर राईलाई सचिवमा बढुवा

वीरबहादुर राईलाई सचिवमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव वीरबहादुर राईलाई सचिवमा बढुवा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। राई सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा कार्यरत छन्।

उमेर हदका कारण राईको यही भदौ १५ गते अनिवार्य अवकाश हुन लागेको छ। बढुवा सिफारिस समितिले केही दिनअघि राईसहित तीन जनाको नाम सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो। राईसँगै चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी बढुवाका लागि सिफारिस भएका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार