काठमाडौँ उपत्यकाका १४ अस्पतालबाट स्वाब संकलन गर्न सकिने

काठमाडौँ उपत्यकाका १४ अस्पतालबाट स्वाब संकलन गर्न सकिने

काठमाडौँ । सरकारले कोरोना भाइरस संक्रमणको शंकास्पद बिरामीका लागि स्वाब संकलन गर्न भएको छ । जसका लागि काठमाडौं उपत्यकाको १४ वटा अस्पतालमा बिहान ९ बजे देखि दिउँसो १ बजेसम्म गई स्वाब परीक्षण गराउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।

काठमाडौं उपत्यकाको पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल स्वाब संकलन स्थलको रुपमा तोकिएको छ ।

शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु, जोखिमयुक्त ठाउँबाट आएकाहरुले यी अस्पतालमा स्वाब परीक्षण गराउन सक्ने मन्त्रालयले जनाएकाे छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार