सुनको मुल्य प्रतितोला १ लाख १ हजार ४ सय

सुनको मुल्य प्रतितोला १ लाख १ हजार ४ सय

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले वृद्धि भएको छ । योसँगै छापावाल सुन आज प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय निर्धारण गरिएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य पनि आज बढेको छ । मंगलबार ९९ हजार ३ सय ६५ मा कारोबार भएको तेजावी सुन आज तोलाको १ लाख ९ हजार पुगेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि आज बढेको छ । मंगलबार १२ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार