रुकुम पूर्वमा जीप दुर्घटना: एक जनाको ज्यान गयो, नौ जना घाइते

रुकुम पूर्वमा जीप दुर्घटना: एक जनाको ज्यान गयो, नौ जना घाइते

संगम देवकोटा

रुकुम पूर्व – रुकुम पूर्वमा जीप दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिकामा रा १ ज ४४४ नम्बरको जिप दुर्घटना हुँदा भूमे गाउँपालिका–२, का ३ वर्षीय निसिम पुनको घटनास्थलमै ज्यान गएको  प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमको खलंगाबाट गएको जीप भूमे गाउँपालिका-३ को जितखोलामा दिउँसो १ बजे दुर्घटना भएको थियो । दुर्घटनामा ३ जना पुरुष र ६ जना महिला घाइते भएका छन् । घाइते हुनेमा सिस्ने गाउँपालिकाकी सुनिता बुढा, पुथाउत्तरगंगा गाउँपालिकाकी शान्ति सुनाम, नन्दा पुन, लक्ष्मी पुन, पूर्णसिंं पुन, लोकेन्द्र पुन, विरोध पुन रहेका छन् ।

यस्तै भूमे गाउँपालिकाका मनबहादुर पुन र कुमारी पुन पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले बताउनु भयो ।

दुर्घटनाको कारण खुल्न नसकेको र जीप चालक मुलमान विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार