काठमाडौंमा एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौंमा एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ  । बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । सर्लाही–६ मलंगवाकी ६५ वर्षीया वृद्धाको बुधबार मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता एसपी डा प्रविन नेपालले जानकारी दिए।

ती वृद्धामा ज्वरो आएपछि स्थानीय अस्पतालमा उपचार गराएका थिए । तर स्वास्थ्य समस्या बिग्रिएपछि उनलाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको साउन १९ गते पुष्टि भएको थियो ।

यस्तै बुधबार मात्रै वीरगञ्ज र विराटनगरमा दुई/दुई जना संक्रमितको मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६३ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार