गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि

गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेशका थप ११ जनाका कोरोना संक्रमण देखिएको छ। क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएका परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

कास्कीका १, पर्वतका १, गोरखाका ६ र पूर्वीनवलपरासीका ३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। थपिएका संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५सय ६६ पुगेको छ। नेपालमा संक्रमितको संख्या २१ हजार ४ सय १ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार