वीरगन्जमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

वीरगन्जमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । वीरगन्जमा थप एक जना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत् ६५ वर्षीय पुरूषको मृत्युपछि कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत मंगलबार अस्तपाल भर्ना गरिएको थियो। सुरूमा आकस्मिक कक्षमा उपचार गरिए पनि बुधबार राति उनलाई अक्सिजनको कमी भएपछि भेन्टिलेटरमा राखिएको थियो।

उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको हो। मृतक मुटु र मधुमेहका बिरामी समेत हुन्। उनको ट्राभल हिस्ट्री भने देखिएको छैन। उनी वीरगन्ज बजारमै पसल गर्दै आएको भन्ने खुलेको छ।

बिहीबार नै काठमाडौंस्थित ओम अस्पतालमा उपचारपछि मृत्यु भएकी एक महिलामा पनि कोरोना पुष्टि भएको हो। उनको शव भने आजै नेपाली सेनाको टोलीले व्यवस्थापन गरिसकेको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार