वीर अस्पतालका एक चिकित्सकलाई कोरोना पुष्टि

वीर अस्पतालका एक चिकित्सकलाई कोरोना पुष्टि

काठमाडौं । वीर अस्पतालका एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका इन्टरनल मेडिसिन विभागमा कार्यरत पुरुष डाक्टरमा संक्रमण देखिएको हो ।

अस्पताल स्रोतका अनुसार उनमा ज्वरो आउने र पखला लाग्ने समस्या भएको थियो । आज अस्पतालमै गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । अहिले उनलाई अस्पतालकै आइसोलेसन वार्डमा भर्ना गरेर राखिएको छ । उनको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको बताइएको छ ।

अस्पतालले सुन्धारामा एक होटललाई भाडामा लिई आफ्ना स्टाफ राख्ने अस्थायी क्वारेन्टिन बनाएको छ । अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले संक्रमणको हुनसक्ने सम्भावित करीब १० जना स्वास्थ्यकर्मीलाई अस्पतालको अस्थायी क्वारेन्टाइनमा राखेको बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार