पत्रकार ध्रुब बीसीको दुवै मिर्गौला फेल, सहयोगको अपील

पत्रकार ध्रुब बीसीको दुवै मिर्गौला फेल, सहयोगको अपील

काठमाडौं। अछाम जिल्लाका क्रियाशील पत्रकार ध्रुब बीसीका दुबै मिर्गौला फेल भएको छ । नयाँ पत्रिका, हिमालय टेलिभिजनका अछाम संवाददाता तथा मंगलसेन स्थीत रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक बिसीले आफैले सामाजिक सञ्जालमार्फत् उच्च रक्तचापका कारण आफ्नो दुवै मिर्गौला फेल भएका जानकारी गराएका हुन् ।

डाक्टरको सल्लाह अनुसार पत्रकार बीसीले आफ्नो दुई वटै मिर्गौला फेर्नुपर्ने भएको छ । दुई वटै मिर्गौला फेर्नका लागि कम्तिमा पनि २० लाख रुपैयाँ लाग्ने डाक्टरको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका पत्रकार बीसीले आफ्नो मिर्गौला फेर्नका लागि सहयोगी मनहरुलाई आर्थिक सहयोगको अपील गरेका छन् । पत्रकार बीसीले सामाजिक सञ्जालमार्फत् विगत एक महिनादेखि काठमाडौंको वीर अस्पताल र भक्तपुरको धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा डायलासिस गरेर बाँचिरहेका बताएका छन् ।

उनले भनेका छन्, ‘डाक्टरको सल्लाह अनुसार मसँग मिर्गौला प्रत्यारोपण गर्नुको अर्को विकल्प छैन । नयाँ मिर्गौला फेर्न धेरै रकम खर्च गर्नुपर्ने रहेछ । यो अवधि अस्पतालको शैय्यामा धेरै समय बेहोस अवस्थामै विताउनु परेकाले अहिलेसम्म आधिकारिक रूपमा जानकारी गराउन सकेको थिएन ।’

त्यस्तै, उनले नयाँ मिर्गौला फेर्नको लागि आफ्नो परिवारमा ब्लड ग्रुपको सदस्य खोजी गरेर सल्लाह गरिरहेको बताउँदै आर्थिक अवस्था मजबुत नहुदा ठूलो समस्या भइरहेको बताए । उनले स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार, पत्रकारका सबै संघ संगठन, मिडिया हाउस, स्वतन्त्र पत्रकार, सरकारी कार्यालय, प्रवासमा रहेका नेपाली दाजुभाईलाई आर्थिक सहयोगका लागि अपील गरेका छन् ।

पत्रकार बीसीलाई राष्ट्रिय वाणिज्य बैंक, मंगलसेन शाखा अछामको खाता नम्बर ४२६०१००००६३४२०१० ९ध्रुब बीसी० मा आर्थिक सहयोग गर्न सकिने भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार