प्रदेश ५ का आन्तरिक मामिलामन्त्री होम आइसोलेसनमा

प्रदेश ५ का आन्तरिक मामिलामन्त्री होम आइसोलेसनमा

काठमाडौँ । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी आइसोलेसनमा बसेका छन् । प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संंक्रमण पुष्टि भएसँगै यादवसँगै कार्यक्रममा सहभागी भएका मन्त्री केसी होम आइसोलेसनमा बसेका हुन् ।

मन्त्री केसी केही दिनअघि काठमाडौँमा आयोजित प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सहभागी कार्यक्रममा उपस्थित थिए ।

मन्त्री केसी बिहीबारदेखि होम आइसोलेसनमा बसेको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए । केसीको पीसीआर परीक्षण गर्ने र पीसीआर रिपोर्ट पोजेटिभ आए मुख्यमन्त्री,सबै मन्त्री,मन्त्रालयका सचिवलगायत उनीहरुको सम्पर्कमा आएका सबैजना आइसोलेसनमा बस्ने सामाजिक विकास मन्त्री बरालले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार