अन्तत : सरकारी रकम व्यक्तिगत खातामा राख्ने लेखापालसहित ४ जनालाई छाडियो

अन्तत : सरकारी रकम व्यक्तिगत खातामा राख्ने लेखापालसहित ४ जनालाई छाडियो

{"caption":"u0930u0941u0915u0941u092e u092au0936u094du091au093fu092eu0938u094du0925u093fu0924 u0924u094du0930u093fu0935u0947u0923u0940 u0917u093eu0909u0901u092au093eu0932u093fu0915u093eu0915u094b u0915u093eu0930u094du092fu093eu0932u092f u0964 u0924u0938u094du092cu093fu0930 : u0939u0930u093f u0917u094cu0924u092e/u0915u093eu0928u094du0924u093fu092au0941u0930u00a0","photographer":"","alt_text":""}

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको बजेट आफन्तको खातामा जम्मा गरेर अनियमितताको आरोपपछि बिहिबार राती कागजात मिलाउँदै गर्दा पक्राउ परेका लेखापाल सहित चार जना शुक्रबार दिउँसो छुटेका छन् ।

गाउँपालिकाको बजेट आफ्नो, श्रीमतीको र भतिजाको खातामा जम्मा गरेको आरोप लागेका लेखापाल हेमन्त केसी सहित उनका चार जना आफन्तलाई प्रहरीले बिहिबार राती गाउँपालिको कार्यालयमा कागज मिलाउदै गर्दा नियन्त्रणमा लिएको थियो ।

बिहीबार राति साढे ९ बजे कार्यालयको मुख्यगेट बन्द गरी बत्ती निभाएर काम गरिरहेको अवस्थामा लेखापाल हेमन्त केसी, लेखा सहयोगी उनका भतिजा सुवास, भाइ विकास र अर्का भतिजा भीमसेनलाई प्रहरीले पक्राउ गरिएको थियो । कागजात मिलाउन लागेको आरोपमा पक्राउ परेका उनीहरु भोलिपल्टै बिना कारबाहि छुट्दा स्थानीयहरुले पहुँच र रकमको चलखेल भएको बताएका छन् ।

जिल्लाको अख्तियार दुरुपयोगको अधिकार समेत पाएका प्रमुख जिल्ला अधिकारीको कारण उनीहरु २४ घण्टा नपुग्दै छुटेको आरोप लागेको छ । यसरी भ्रष्टाचारको आरोप लागेका केसीले रातीको समयमा आफन्त सहित कागजात मिलाउदै गर्दा प्राप्त सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ गर्नु र छोड्नुको कारणबारे रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले गाउँपालिकामा राती काम गर्दा असुरक्षा भएकोले ल्याएको र स्थिती शान्त भएपछि छाडेको प्रतिक्रिया दिएका छन् । गाउँपालिकाको बजेट दुरुपयोगमा संलग्न लेखापाल र संलग्न उनका आफन्तको बचाउ गर्दै उनले आफैले पक्रिन र छोड्न आदेश दिएको बताएका छन् ।

आर्थिक वर्ष ०७६/०७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रुपैयाँ लेखापाल केसीले सिम्रुतु स्थित लक्ष्मी बैंकमा रहेको आफू सहित पत्नी बिर्मा र भतिजा सुवासको नाममा जम्मा गरेका थिए । घटना जानकारी पाएपछि गाउँपालिकाले छानबिन समिति गठन गरेको छ । समिति गठनलगत्तै लेखापाल केसीले सबै रकम गाउँपालिकाकै खातामा फिर्ता गरेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार