शनिबार उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

शनिबार उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ५६, ललितपुर र भक्तपुरका ३र३ जना गरी ६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ४ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा काठमाडौंका ५ र ललितपुरका ३, वीर अस्पतालमा काठमाडौंका १, त्रिवि शिक्षण अस्पतालमा १ जनामा कोरोना पुष्टि भएको छ।

नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २९, स्टार अस्पताल सानेपामा काठमाडौंका १२, विद ल्याबमा काठमाडौंका २, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा भक्तपुरका ३ र काठमाडौंका २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार