जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गयो

जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गयो

भक्तपुर । भक्तपुरको जगातीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

गएराति बा १९ च ३३८४ नम्बरको जीप र बा ६६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर कमलविनायकका २९ वर्षका सुमन कटुवालको भक्तपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका जीप चालकको भने खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार