मोर्गन कलेजका विद्यार्थीको निष्कर्ष ‘कक्षामा पढ्दा भन्दा संस्था चलाउन गाह्रो’

मोर्गन कलेजका विद्यार्थीको निष्कर्ष ‘कक्षामा पढ्दा भन्दा संस्था चलाउन गाह्रो’

काठमाडौं, १२ पुस । मोर्गन इन्टरनेशनल कलेजमा स्नातकतहमा अध्ययनरत सामाजीक कार्यका विद्यार्र्थीहरुले काठमाडौंको बुढानिलकण्ठमा रहेको श्रृजना सामाजिक सेवा समाजमा वस्दै आएका अनाथ वालवालिकाहरुको एक दिने क्रियाकलाप अध्ययन तथा अनुगमन गरेका छन् ।
विद्यार्थीले त्यहाँ वस्दै आइरहेका वच्चाहरुको मनोसामाजीक अवस्था, संस्थाको दैनीक क्रियाकलाप र वच्चाहरुको गतिविधिहरुवारे अध्यन गरेका थिए । मोर्गन कलेजका विद्यार्थीहरु अनाथ आश्रम पुग्दा बालबालिकाहरु सुतिरहेका थिए । उनीहरुलाई विस्तारबाट उठाएर बालबालिकाहरुलाई विभिन्न उपहार दिई वच्चाहरुको विहानीको सुरुवात गराएका थिए ।
बालबालिकाहरुका लागि खाजा तयार गरि परिचयात्मक कार्यक्रमको आयोजना गरिएको थियो । अनाथ आश्रममा बसेका बालबालिकाहरुले आफ्नै कलात्मक प्रस्तुति पनि गरेका थिए ।


प्रथम वर्षमा अध्ययनरत विशाल पौडेल भन्छन् कलेजका सुरुवातीदिन देखिनै दैनिक कक्षाहरु वाहेक विभिन्न विषयका विज्ञद्वारा सञ्चालित कक्षाहरुमा उपस्थिति जनाउन पाउदाँ र प्रत्यक्ष अनाथालयमा रहेका वालवालिकाहरुको मनोविज्ञान वुझ्नपाउदाँ साह्यै हौसला र प्रेरणा मिलेको वताँउछन् ।
त्यसै गरी दोस्रो वर्षमा अध्ययनरत प्रकाश सिंहले वच्चाहरुको अवस्थामा सुधार ल्याउन जरुरी देखे । उनले भने ‘यहाँ रहेका बच्चाहरुलाई अझै काउन्सिलिङको आवश्यकता छ ।’ संस्थाले वच्चाहरुका सन्दर्भमा राम्रो काम गरेतापनिउचित स्रोत साधनको अभाव रहेको पाएका छन् । संस्था सञ्चालनमा संस्थाको फितलो व्यवस्थापनले बालबालिकाको मानसिक, शारिरीक विकासमा असर पुगेको र उचितश्रोत साधन जुटाउन र हेरचाहगर्नेकालागीआवश्यक विज्ञ टोलीको आवश्यक रहेको वताए ।
यस्तै तेस्रो वर्षकी कल्पना थापा भने कक्षा कोठामा संस्थादर्ता गर्ने प्रक्रिया र संच्चालनगर्दा आवश्यकतत्ववारे अध्यन गरेको कुरा हुवहु नभएको बताइन् ।
संस्था सञ्चालनको तत्वमध्ये वजेट र विज्ञ कर्मचारीको अभाव रहेकाले बालबालिकाहरुमा मनो बैज्ञानिक दवाब रहेको छ ।
उनी थप भन्छिन् सिहंदरवार गाँउगाँउमापुगेको समचारमा पढिरहदा काठमाण्डौको बुढानिलकण्ठमा भने यस्तो अवस्था देख्दा सरकारको आखाँजान जरुरी ठान्छिन् ।
विद्यार्थीहरुले वच्चाहरुका लागि विभिन्न खेल तथा रमाइलो गराउने क्रममा वच्चाहरुको अन्तरनिहित प्रतिभा देख्दा छक्क परेको वताउ छिन् प्रथम वर्षकी सिमरन थापा मगर ।
विद्यार्थीहरुले अनाथालयमा रहेका बालबालिकाहरुका लागि आवश्यक खाद्यन्नका साथै पढाईका साम्रागी प्रदान गरेका थिए । विद्यार्थीहरुले वच्चाहरुलाई विभिन्न खेलवाट मनोरञ्जन गराएका थिए । सो अबसरमा मोर्गन कलेजका सामाजीककार्य विभागवाट किरण थापा, अनाया प्याकुरेल र हेलेन सिलवालले सहजीकरण गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार