कोरोना संक्रमणबाट पर्सामा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट पर्सामा एक जनाको मृत्यु

काठमाडौँ । पर्सामा जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो । मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

 

शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । आइतबार उनको स्वाब निकालेर पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

पहिलेदेखि नै उच्च रक्तचाप र थाइराइडको विरामी उनलाई श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । योसँगै साउनमा मात्रै पर्सा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार