कोटेश्वरमा थप ४ जनामा कोरोना पुष्टि

कोटेश्वरमा थप ४ जनामा कोरोना पुष्टि

काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित असर्फी टोलमा सोमबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १८ गते किराना पसल सञ्चालक चार जनामा संक्रमण देखिएपछि १ सय ४१ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरुमध्ये १३ जनामा संक्रमण देखिएको रिपोर्ट आइतबार आएको थियो ।

सोमबार दुई बच्चासहित ४ जनामा संक्रमण पुष्टि भएको वडा सदस्य हिरादेवी पोखरेलले जानकारी दिएका छन । धेरै संक्रमित भेटिएपछि वडाले सोमबार विहानैबाट यो क्षेत्र सिल गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार