भदौ १५ सम्म विद्यार्थी भर्ना र शैक्षिक संस्था बन्द गर्ने निर्णय

भदौ १५ सम्म विद्यार्थी भर्ना र शैक्षिक संस्था बन्द गर्ने निर्णय

काठमाडौँ । सरकारले भदौ १५ सम्म विद्यार्थी भर्ना अभियान र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ सम्म भर्ना अभियान तथा तोकिएका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

सरकारले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेको थियो । समुदायस्तरमा कोरोना फैलन थालेपछि यसअघि तोकिएका परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार