सोतीमा मारिएका नवराजसहितका परिवारलाई १० लाख दिने सरकारको निर्णय

सोतीमा मारिएका नवराजसहितका परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं । गएको जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगपालिका-८ सोतीमा अन्तरजातीय प्रेम विवाहको निहुँमा सुनियोजित रुपमा हत्या गरिएका नवराज विक सहित ५ जनाका परिवारलाई सरकारले जनही १० लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका हुन् । सरकारले घाइते १२ जनालाई उपचार गर्दा लागेको खर्चको बिल पेश गरेको आधारमा रकम उपलब्ध गराउने उनले बताए ।

उक्त घटनामा रुकुम पश्चिमको चौरजहारीका टीकाराम सुनार र जाजरकोट भेरी नगरपालिका नवराज विक, गणेश बुढामगर, सन्दिप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए । मृतकहरुको शव केही दिनको अन्तरमा भेरीमा भेटिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार