रुकुमको खलङ्गामा एरिया शिल

रुकुमको खलङ्गामा एरिया शिल

मुसिकोट । रुकुम पश्चिमको सदरमुकाम खलङ्गा बजारका एक व्यवसायीलाई सोमबार कोरोना सङ्‍क्रमण पुष्टि भएपछि मुसिकोट नगरपालिकाको खलङ्गा क्षेत्रमा एरिया शिल गरिएको छ । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न भन्दै बुधबार बिहान ४ बजेदेखि भदौ २ गतेसम्मका लागि सदरमुकामको खलङ्गाका केहि क्षेत्रमा निषेधाज्ञा गरिएको हो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्लेदेखि खलङ्गा बजार हुँदै शीतलपोखरी चोकसम्म र पिपलनेटादेखि सेरीगाउँ हुँदै वडा नम्बर ६ को कार्यालयभित्रको क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिएका छन ।

सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम चार किल्ला उल्लेख गरी पूर्णतया निषेध (क्षेत्र सिल) गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

सिल गरिएको क्षेत्रमा रहेका सबै होटल तथा पसल, सार्वजनिक तथा निजी यातायातका साथै पैदल यात्रामा समेत रोक लगाइएको छ । अत्यावश्यक कामका लागि पास भएका तथा बिरामी बोकेका एम्बुलेन्स मात्रै सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार