बैंकको एटिएम फुटाएर चोर्दाचोर्दै दुईजना पक्राउ

बैंकको एटिएम फुटाएर चोर्दाचोर्दै दुईजना पक्राउ

काठमाडौं :  सिटिजन बैंकको चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित एटिएम बुथ फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा २ जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा त्यही नगरपालिका-५ दाउराडिपो बस्ने मुगु सोरू गाउँपालिका-६ घर भएकाहरू २४ वर्षीय चित्र बहादुर शाही र २० वर्षीय नन्दराज धराल रहेका छन्।

उक्त एटिएम मेसिनभित्र राखेको नगद चोरी गर्ने उद्धेश्यले एटिएम राखेको सटरको ताल्चा र मेसिन समेत फुटाइसकेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उ

नीहरुको साथबाट एटिएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलामको रेन्च र चक्कु प्रहरीले बरामद गरेको छ। यसबारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार