बाँकेमा १२ जना कोरोना संक्रमण मुक्त

बाँकेमा १२ जना कोरोना संक्रमण मुक्त

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका ४ कर अधिकृतसहित १२ जना कारोना संक्रमण मुक्त भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ४ जना कर अधिकृत, ४ जना सहायक कर्मचारी र ४ जना कर्मचारी परिवार संक्रमण मुक्त भएका हुन् ।

कोरोना संक्रमण देखिएपछि उनीहरुलाई आन्तरिक राजस्व कार्यालयको एक भवनमा बनाइएको अस्थायी आइसोलेसन सेन्टरमा राखिएको थियो । आइसोलेसनमा १४ दिन बसाइँपछि संक्रमण मुक्त भएर उनीहरु घर फर्किएको फोकल पर्सन श्रेष्ठले बताए । यसअघि आन्तरिक राजस्व कार्यालय नेपालगञ्जकै एकजना अधिकृतमा कोरोना संक्रमण देखिएकोमा उनी पनि संक्रमण मुक्त भैसकेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार