सीटीईभीटीको परीक्षा फेरि स्थगित

सीटीईभीटीको परीक्षा फेरि स्थगित

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० ले भदौ दोस्रो साता लिने भनेको परीक्षा फेरि स्थगित गरेको छ । कोरोना संक्रमतिको संख्या दिनानुदिन बृद्धि भएपछि सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय गरेपछि परीक्षा स्थगित गरेको सीटीईभीटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए ।

१ भदौबाट परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय अनुसार सीटीईभीटीले कोरोना भाइरसका कारण स्थगित परीक्षाको तालिका प्रकाशित गरेको थियो । अब परीक्षाको अर्को तालिका कोरोना संक्रमण कम भएपछि तीन हप्ताको समयावधि राखेर प्रकाशन गरिने प्रवक्ता भट्टराईले जानकारी दिएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार