सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भदौ ५ गतेसम्म बन्द

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भदौ ५ गतेसम्म बन्द

काठमाडौँ । सुर्खेतमा कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि वीरेन्द्रनगर नगरपालिकाले बिहिबार देखि एक हप्ता सेवा बन्द गर्ने निर्णय गरेको छ । साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए ।

संक्रमितको संख्या बढ्दै गएकाले नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले बुधबार यस्तो निर्णय गरिएको उनको भनाइ छ । यो अवधिमा स्वास्थ्य, सरसफाइ, फोहोरमैला तथा विपद् व्यवस्थापनबाहेकका कुनै पनि सेवा प्रवाह हुने छैनन् ।

वीरेन्द्रनगरमा बुधवार बिहान थप १९ जनामा संक्रमण देखियो । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले वीरेन्द्रनगरमा ४ जना सरकारी कार्यालयका सवारी चालक, २ जना सैलुनका कामदार र संक्रमितको सम्पर्कमा आएका ६ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै ५ जनाको भने संक्रमणको स्रोत खुलेको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार