प्रदेश १ मा ११५ जनामा कोरोना पुष्टि

प्रदेश १ मा ११५ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा बिहीबार ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहुनेमा विराटनगरमा ६० सहित मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरका २२ महिला ३८ पुरुष, बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहवीमा ३ पुरुष, धरान १ महिला र बराहक्षेत्र र रामधुनीमा १–१ पुरुष, इलामको सन्दकपुरमा ४ पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६२६ पुगेको छ । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।

विहिबार विराटनगरमा अहिलेसम्मकै धेरै संक्रमित देखिएका छन् । २ देखि वडा नं। १७ सम्मका ६० जना संक्रमित थपिएका हुन् ।

वडा नं। २ मा २, ३ मा ५, ५ मा ४, ६ मा ५, ७ मा २, ८ मा ६, ९ मा ९, १० मा ४, ११ मा २, १२ मा ८, १३ मा २, १६ मा १, १७ मा ४, वडा नखुलेका ६ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्र कोरोना संक्रमितको संख्या ४१५ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार