शुक्रबार थप ५९४ जनामा कोरोना पुष्टि

शुक्रबार थप ५९४ जनामा कोरोना पुष्टि

काठमाडौँ । शुक्रबार देशभर ५ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्।

यीसहित हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ। त्यस्तै विगत २४ घण्टामा २ सय ४० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म १७ हजार ७७ जना कोरोनाबाट निको भइ घर फर्किका छन्। मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय १३ रहेकाे छ।

विगत २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ। अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार