वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज २६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । शनिबार बिहान ७ बजे नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।उनलाई एकसातादेखि ज्वरो आउनुका साथै स्वासप्रश्वासमा समस्या देखिएको परिवारजनले बताएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार