रुपन्देहीको एसबिआई बैंकका १२ कर्मचारीलाई कोरोना संक्रमण

रुपन्देहीको एसबिआई बैंकका १२ कर्मचारीलाई कोरोना संक्रमण

काठमाडौँ । भैरहवामा रहेको नेपाल एसबिआई बैंकका १२ जना कर्मचारीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको छ। रुपन्देहीमा शनिबार १७ जना कोरोना भाइरसका संक्रमितमध्ये १२ जना एसबिआई बैंकका कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले एउटै कार्यालयमा यति धेरै संख्याका संक्रमित भेटिएको रुपन्देहीमा पहिलो घटना भएको बताए। यस्तै बैंक कर्मचारीमा संक्रमण देखिएपछि बैंक रोड भैरहवामा रहेको एसबिआई बैंकको शाखा कार्यालय बन्द गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार