महोत्तरीमा एउटै वडाका १६ जनालाई सर्पले टोक्यो, एक जनाको मृत्यु

महोत्तरीमा एउटै वडाका १६ जनालाई सर्पले टोक्यो, एक जनाको मृत्यु

महाेत्तरी । महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले डसेपछि स्थानीयवासी त्रसित भएका छन्। महोत्तरीको भङ्गहा नगरपालिका-५ ,राजपुरमा १६ जनालाई सर्पले डसेपछि स्थानीय त्रसित भएका हुन्।

बिहीबार धानखेतमा काम गरिरहेका बेला ४५ वर्षीया जैमुन खातुनलाई विषालु सर्पले डसेपछि उनको मृत्यु भएको थियो। शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म थप १५ जनालाई सर्पले डसेकाे भन्दै अहिले सो गाउँभरि त्रास फैलिएको भङ्गहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए।

अहिले त्यहाँका  स्थानीयवासी आ-आफ्नै घरमा सतर्क भएर बसिरहेका छन् भने घरबाट निस्कन छाडेको वडाध्यक्ष शिवकुमार महतोले बताए। शुक्रबार सात महिला र एक पुरुषलाई सर्पले डसेकाे भन्दै सर्पदंश उपचार केन्द्र बर्दिवासमा भर्ना गराइ उपचार भइरहेको छ।

अन्य सात जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ। नगर प्रमुख साहले बर्दिवास र स्थानीयस्तरमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार