आइतबार थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि

Corona-Ad-Raptisonari

आइतबार थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

प्रवक्ता डाक्टर गौतमका अनुसार यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ६६० जना पुगेको छ। पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा हालसम्म १७ हजार ३३५ उपचारपछि निको भएका छन्। हाल निको हुनेको अनुपात ६५ प्रतिशत छ। हाल १५ हजार २ सय ४३ जना क्वारेन्टाइनमा छन्।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार