खोलाले बगाएर एउटै परिवारका चार जना मृत्यु

खोलाले बगाएर एउटै परिवारका चार जना मृत्यु

काठमाडौं । अछाममा खोलाले बगाएर चारजनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एउटै घरका चारजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका ९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् ।

शनिबार साँझ उनीहरुको खोला तर्ने क्रममा बगेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार