नेविसंघले विरोध प्रर्दशन गर्ने

नेविसंघले विरोध प्रर्दशन गर्ने

काठमाडौं । नेपाल विद्यार्थी संघले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै विरोध प्रर्दशन गर्ने भएको छ। संघले सोमबार देशभरका क्याम्पसहरुमा तालाबन्दी गर्ने र मंगलबार प्रमुख शहरमा विरोध प्रर्दशन गर्ने नेपाल विद्यार्थी संघले जनाएको छ ।

सामाजिक दूरी कायम गरी सडक प्रर्दशन गरिने नेविसंघले जानकारी गराएको छ। विरगंज र त्रिभुवन विश्वविद्यालयबाट आफना कार्यकर्ता प्रहरीले गत साता पक्राउ गरेको नेविसंघले जनाएको छ।

त्रिवि उपकुलपति डा धर्मकान्त बाँस्कोटाले विश्वविद्यालय सुधार र उत्थानका कार्य नगरेको संघले आरोप लगाएको छ। त्रिविको मर्यादा कायम गर्न नसकेको भन्दै संघले उपकुलपतिको विरोध गरेको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार