कांग्रेस महाधिवेशनको मिति सार्नु हुँदैन : शेखर कोइराला

krishi
Duduwa Corona

कांग्रेस महाधिवेशनको मिति सार्नु हुँदैन : शेखर कोइराला

  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ १४ पुस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन हुनैपर्ने बताए ।

रामचन्द्र पौडल समूहको बहिस्कारका बीच ११ पुसमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय सदस्य डा. कोइरालाले अब महाधिवेशनको मिति सार्न नहुने बताए । उनले सबै नेता-कार्यकर्ता एक भएर महाधिवेशनमा होमिने विश्वास व्यक्त गरे ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार