कर्णाली प्रदेशमा १४ जनामा संक्रमण पुष्टि, १४ जना डिस्चार्ज

कर्णाली प्रदेशमा १४ जनामा संक्रमण पुष्टि, १४ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १४ जना व्यक्तिमा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट सोमबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विभिन्न अस्पतालबाट आज थप १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९२८ पुगेको छ ।

आज थपिएका संक्रमितमध्ये सुर्खेतका ७ जान, जुम्लाका ३, दैलेख, सल्यान, धनुषा र भारतका ११ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०८१ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार