पर्सामा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा पर्साका थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन २६ र २७ मा नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट अभाव भएपछि ११ सयभन्दा बढी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार सोमबार राति टेकु प्रयोगशालाले पठाएको संक्रमितको विवरणअनुसार पर्साका १६ महिलासहित थप ६८ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै सोमबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ५७ जनामा कोरोना पुष्टि भएको थियो । टेकुको ६८ र नारायणी प्रयोगशालाको ५७ गरी सोमबार मात्र जिल्लामा १२५ जना नयाँ संक्रमित थपिएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार