पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्मिाञ्चल क्षेत्रिय अस्पतालकाे इमरजेन्सी विभागमा  पोखरा महानगरपालिका- १६ का ८७ वर्षीय पुरुषको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

उनी साउन २२ गते ज्वरो तथा श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना भएका थिए। उनी हाइपरटेन्सन, सुगर र दीर्घ मिर्गौला रोगी थिए। उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ। योसँगै नेपालभरमा ११३ कोरोना संक्रमितको मृत्यु भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार