मंगलबार १०१६ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार १०१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ५८० उपचारपछि निको भएका छन्।

यस्तै आज काठमाडौं उपत्यकामा २०५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाे छ। जस अनुसार काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएकाे जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन ।
हाल देशभर १० हजार ५ सय ६३ जना संक्रिय संक्रमित छन्। होम आइसोलेसनमा २ हजार ८८७ जना छन्। मन्त्रालयका अनुसार आज मात्रै ७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्युहुनेको संख्या ११४ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार