दाङ र कपिलवस्तुमा कुलोमा डुबेर तीन जनाको मृत्यु

दाङ र कपिलवस्तुमा कुलोमा डुबेर तीन जनाको मृत्यु

प्रतिकारात्मक तस्बिर

काठमाडौँ । दाङ र कपिलवस्तुमा पानीमा डुबेर तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुका एक र दाङका दुई जना रहेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका–११ हथौसाकी ५६ वर्षीया बिमला थारु घर नजिकै माछा मार्ने क्रममा कुलोमा डुबेर मृत्यु भएको हो ।

यस्तै दाङको घोराही उपमहानगरपालिका– १७ गैरागाउँमा मनोज चौधरीकी १५ महिनाकी छोरीको घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार खेल्ने क्रममा घर अगाडिको कुलोमा डुब्न पुग्दा बालिकाको मृत्यु भएको हो ।

यस्तै दाङकै गढवा गाउंपालिका–४ खजरौटमा मोहम्मद रजा मियाँकी १ वर्षीया छोरीको घर नजिकै खेल्ने क्रममा पानी रहेको बाल्टीमा डुबेर मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार