स्वास्थ्य प्रमुखलाई कोरोना संक्रमण

स्वास्थ्य प्रमुखलाई कोरोना संक्रमण

काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड १९ उपचार केन्द्र विराटनगरमा कोरोना संक्रमितको व्यवस्थापनमा खटिएका बस्नेतलाई मंगलबार कोरोना पुष्टि भएको हो ।

उनीसँगै कार्यालयका अर्का एक कर्मचारीलाई पनि कोरोना पोजेटिभ देखिएको छ । एकसाता अघि गोठगाउँ आइसोलेसन केन्द्रमा खटिएका जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षकलाई संक्रमण पुष्टि भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार