स्वास्थ्य सचिव अर्यालका चालकलाई कोरोना संक्रमण

स्वास्थ्य सचिव अर्यालका चालकलाई कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका सवारी चालकलाई कोरोना संक्रमण देखिएको छ । चालकलाई कोरोना संक्रमण देखिएपछि सचिव अर्याल होम क्वारेन्टिनमा बसेका छन्।

मन्त्रालय स्रोतका अनुसार सचिव अर्याल एक हप्ता होम क्वारेन्टिनमा बसेर पीसीआर परीक्षण गरेपछि मात्रै मन्त्रालय आउने तयारीमा छन्। उनी आइतबार साँझबाट होम क्वारेन्टिनमा बसेका हुन् ।

यस्तै मन्त्रालय परसिरमा नै रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका एक चालकलाई पनि कोरोना पोजिटिभ देखिएको छ। अहिलेसम्म स्वास्थ्य मन्त्रालयका ५ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार