काठमाडौँमा निषेधाज्ञा अवधिभर हुने बिहेमा ७ जना सहभागी हुने

काठमाडौँमा निषेधाज्ञा अवधिभर हुने बिहेमा ७ जना सहभागी हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको अवधिभर हुने विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने सूचना जारी गरेको छ। बुधबार राति १२ बजेदेखि सात दिनका लागि उपत्यकका तीनवटै जिल्लामा प्रशासन कार्यालयहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधज्ञा जारी गरेको छ।

यो अवधिमा अत्याआवश्यक बाहेकका अरु कुनै पनि काम नगर्न नगराउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेका छन्। त्यसै क्रममा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले विवाहलाई अत्याआवश्यकीय कार्यको सूचीमा राखेर त्यसका लागि सातजना भन्दा बढीलाई सडकमा हिड्न, भेला हुन अनुमति नदिने निर्णय गरेको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए।

यस्तै मृत्यु संस्कारमा जान अवरोध नगर्ने जनाए पनि त्यसमा कतिजना सम्म सहभागी हुन पाउने संख्या भने उल्लेख गरेको छैन। त्यसै जिल्ला प्रशासन कार्यालयले दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, दाल, चामल, चुन, तेलको पैठारी, कृषि तथा पशुपन्छी सम्बन्धि कार्यहरु, दूध, माछा मासुको ओसार पसार, दान भेटनर सेवा सञ्चालन, औषधि सम्बन्धी कार्य, खानेपानी, ग्यासको ओसार पसारमा रोक नलागेको जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार