बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

काठमाडौं । बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा शुक्रबार बिहान एक कोरोना संक्रमितको मृत्यु भएको छ। प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का ६४ वर्षीय मानबहादुर गौतमको मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या भएपछि भदौ १ गते अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकोमा शुक्रबार बिहान साढे ६ बजेतिर मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले पुष्टि गरे ।

साउन अन्तिम साता भारतबाट आएका उनी स्थानीय क्वारेन्टाइनमा बसेका थिए। त्यहि क्रममा पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । दमका दीर्घरोगी रहेको र उच्च रक्तचापको औषधी पनि सेवन गरिरहेको अस्पतालले जनाएको छ।

योसँगै बुटवलको कोरोना अस्पतालमा कोरोना संक्रमितको मृत्यु हुने संख्या तीन पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार